Like us!
Follow us!
Connect us!
Watch us!

साम्प्रदायिक र धार्मिक घटनाले चुनौती थप्यो - गृहमन्त्री अर्याल

अर्थ संसार

शुक्रबार, ३१ असोज २०८२, ११ : ४९ मा प्रकाशित

साम्प्रदायिक र धार्मिक घटनाले चुनौती थप्यो - गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले हालै देखा परेका धार्मिक तथा साम्प्रदायिक घटनाहरूका कारण सुरक्षा चुनौती बढेको बताएका छन्। ७० औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो अवस्था सुरक्षाका लागि थप जटिल भएको उल्लेख गरे।

‘पछिल्लो समय यता केही जिल्लाहरूमा देखिएको धार्मिक तथा साम्प्रदायिक विरोधका घटनाहरूले नेपाली समाजको विशेषता को रूपमा रहेको आपसी सद्‍भाव सहिष्णुता तथा भाइचारामा खलल पुर्‍याउने दुष्प्रयास गरेको देखिन्छ । यसले समग्र राष्ट्रको सुरक्षा व्यवस्थामा चुनौती थपेको छ’ मन्त्री अर्यालले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको