Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोच्चमा ललितपुरको भन्दा पहिले हाम्रै दमकल पुगेको हो – नगरप्रहरी

अर्थ संसार

शुक्रबार, ३१ असोज २०८२, १३ : ०८ मा प्रकाशित

सर्वोच्चमा ललितपुरको भन्दा पहिले हाम्रै दमकल पुगेको हो – नगरप्रहरी

काठमाडौं महानगरपालिकाको आज बसेको ४३ औं नगर कार्यपालिका बैठकमा भदौ २४ गते भएको आगजनीमा महानगरले समयमै दमकल परिचालन गर्न नसकेको विषयमा वडाध्यक्षहरूले प्रश्न उठाएका छन्। महानगरको विपद व्यवस्थापन समितिले भने त्यसको प्रतिवाद गरेको छ। बैठकमा भदौ २३ र २४ गतेका घटनाबारे छलफल गर्ने कुनै एजेन्डा नराखिएकोप्रति पनि वडाध्यक्षहरूले आपत्ति जनाए।

वडा नम्बर ७ का वडाध्यक्ष बिमल कुमार होडाले भने, 'मलाई दुख लागेको छ। देशमा यत्रो घटना भयो, तर बैठकमा कुनै पनि एजेन्डा छैन। न मृतकलाई श्रद्धाञ्जली भनियो, न विध्वंसको भर्त्सना गरियो। यत्रो सम्पदा ध्वस्त गरिएकोप्रति हामीले आपत्ति जनाउनुपर्छ कि पर्दैन?'

वडा नम्बर २० का वडाध्यक्ष राजेन्द्र मानन्धरले पनि होडाको समर्थन गर्दै घटनाबारे समीक्षा आवश्यक भएको बताए। एजेन्डा नराखिएकोमा उनले खेद व्यक्त गरे।

उनले भने, 'म यसमा खेद प्रस्ताव पेश गर्न चाहन्छु। देशभरि क्षति भए पनि काठमाडौंमा प्रभाव बढी रह्यो। धेरै सम्पदा जलेर खरानी हुँदा हामी टुलुटुलु हेरेर बस्ने बाहेक केही गर्न सकेनौं। हामी पनि सुरक्षित थिएनौं। डराएको जस्तो अवस्था थियो। यो हत्या, हिंसा, लुटपाट र आगजनीप्रति हामीले खेद व्यक्त गर्नुपर्छ।'

वडाध्यक्ष श्रेष्ठले सिंहदरबार जलेर खरानी हुँदा “रुन मन लागेको” भन्दै अब त्यसको पुनर्निर्माण गर्ने जिम्मा महानगरले लिनुपर्ने प्रस्ताव समेत गरे। उनले सबैतिर आगजनी भइरहँदा महानगरको दमकल समयमा नपुगेको गुनासो गरे।

श्रेष्ठले भने, 'रेकर्ड हेर्दा टाइममै निस्केको देखिन्छ। तर ठूलो क्षति भइसकेपछि मात्रै पुगेको छ। छिमेकी महानगरपालिकाबाट दमकल आएर आगो निभाइएको न्यूज पढ्दा हामीलाई दुख लाग्छ।'

अन्य वडाध्यक्षहरूले पनि दमकल परिचालनमा कमजोरी भएको भन्दै प्रश्न उठाएपछि महानगर प्रहरीका एसपी तथा विपद व्यवस्थापन समितिका संयोजक विष्णु प्रसाद जोशीले जवाफ दिएका थिए। उनले दमकल परिचालनमा अथक प्रयास भएको तर विभिन्न अवरोधका कारण समयमै पुग्न नसकेको स्पष्ट पारे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको