बंगलादेशको एक अदालतले शेख हसिनालाई समर्थन गर्ने ७० वकिललाई जेल पठाएको छ ।
गत वर्ष हिंसात्मक विद्यार्थी आन्दोलनका क्रममा यी वकिलहरू विरुद्ध कुटपिट र ज्यान मार्ने प्रयासका मुद्दा दर्ता भएका थिए । यही आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छोडेकी थिइन् ।
ढाका महानगरीय सत्र न्यायाधीश मोहम्मद जाकिर हुसेनले वकिलहरूलाई जमानत दिन अस्वीकार गर्दै उनीहरूलाई जेल पठाउन आदेश दिएका हुन्। नौ महिला वकिल र ढाका बार एसोसिएसनका पूर्व अध्यक्ष अबु सैयद सागरलाई भने जमानत दिइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस