गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । लघुवित्तको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक २३ गते धनकुटास्थित हिले कान्जिरोवा मकालु होटलमा बिहान ९ बजेदेखि १० औं वार्षिक साधारणसभा बोलाएको हो ।
उक्त साधारणसभाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक नियुक्ति गर्नेछ ।
साथै सो सभाले बोनस सेयर वितरणपछि जारी तथा चुक्ता पुँजी बढ्ने भएकाले सोही बमोजिम गर्न प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र पछि पनि त्यसो गर्न परेमा सोका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा कात्तिक १३ गतेसम्म नेप्सेमा कायम सेयरधनी मात्रै सो सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस