Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको साधारणसभा आज, लाभांश पारित गर्ने

अर्थ संसार

आइतबार, ०२ कार्तिक २०८२, ०८ : ३० मा प्रकाशित

सानिमा बैंकको साधारणसभा आज, लाभांश पारित गर्ने

सानिमा बैंक लिमिटेडको साधारणसभा आज बस्दैछ । बैंकले चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साथै २ अर्ब रुपैयाँ बराबरको ‘८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ । यसका लागि भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजेदेखि २१ औं वार्षिक साधारणसभा शुरू हुँदैछ ।

त्यसैगरी गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक समूह ‘क’ बाट ३ जना सञ्चालकको निर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि तय गरिएका छन् ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २७ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसर्थ असोज २६ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको