हिमालयन डिष्टिलरील साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले कात्तिक ३० गतेका लागि साधारणसभाको मिति घोषणा गरेको हो ।
सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको घोषणा गरेको हिमालयन डिष्टिलरी लिमिटेडले साधारणसभा कात्तिक ३० गते आइतबार पर्सामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सुरु हुने छ । उक्त सभाले गत आवको वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, ५ सञ्चालकको अवधि ४ वर्ष थप्ने, कम्पनीको ब्राण्डका मदिरा उत्पादन अरू कम्पनीबाट पनि गर्ने गरी सम्झौता गर्ने र सञ्चालक समितिका सदस्यको दुर्घटना तथा औषधोपचार सेवा स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी बोनस सेयर वितरणछि जारी तथा चुक्ता पुँजी बढ्ने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् । साधारणसभा तथा लाभांश वितरणका लागि कम्पनीले कात्तिक २० गते बुक क्लोज गर्ने बताएको छ । यसर्थ कात्तिक १९ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस