Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ प्रस्ताव सहित दुई कम्पनीले बोलाए साधारणसभा

अर्थ संसार

आइतबार, ०२ कार्तिक २०८२, १२ : ०१ मा प्रकाशित

आईपीओ प्रस्ताव सहित दुई कम्पनीले बोलाए साधारणसभा

दुई कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने योजना सहित साधारणसभा बोलाएका छन् । लुम्बिनी सेरामिक्स र बढानिलकण्ठ हेरिटेज लिमिटेडले आईपीओ प्रस्तावसहित साधारणसभा बोलाएका हुन् । 

बढानिलकण्ठ हेरिटेजले आईपीओ प्रस्तावसहित कात्तिक २५ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८१÷८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२÷८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु पनि रहनेछन् । 

त्यस्तै, लुम्बिनी सेरामिक्सले विशेष प्रस्तावसहित कात्तिक १७ गतेका लागि साधारणसभाको मिति घोषणा गरेको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको