Like us!
Follow us!
Connect us!
Watch us!

तिहार अघिको अन्तिम कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार २ अर्बमा खुम्चियो

अर्थ संसार

आइतबार, ०२ कार्तिक २०८२, १४ : ५७ मा प्रकाशित

तिहार अघिको अन्तिम कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार २ अर्बमा खुम्चियो

यो साताको पहिलो र तिहार अघिको अन्तिम कारोबार दिनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । आज सेयर बजार परिसूचक १६.६७ अंकले बढेर २५०३.८५ विन्दुमा पुगेको हो । 

आज सेयर बजारमा १६३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.३१ अंकले बढेर ४३७.६० विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १० वटाको सेयर मूल्यमा सुधार देखिएको छ भने ३ वटाको सेयर मूल्य घटेको छ । 

परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आज सेयर बजारमा २ अर्ब ७९ करोड ११ लाख ८९ हजार ९०९ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३२३ कम्पनीका ६१ लाख ९९ हजार ९२९ कित्ता सेयर २८ हजार ७३७ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको