Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश प्रस्ताव पारित गर्दै सकियो सानिमा बैंकको २१ औँ साधारणसभा

अर्थ संसार

आइतबार, ०२ कार्तिक २०८२, १५ : १० मा प्रकाशित

लाभांश प्रस्ताव पारित गर्दै सकियो सानिमा बैंकको २१ औँ साधारणसभा

सानिमा बैंक लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । बैंकको २१ औँ साधारणसभा आज काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न भएको हो । 

उक्त साधारणसभाले चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै २ अर्ब रुपैयाँ बराबरको ‘८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ । त्यसैगरी गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गरिएको छ भने संस्थापक समूह ‘क’ बाट ३ जना सञ्चालकको निर्वाचन र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि पारित भएको छ ।

सञ्चालक समितिको अध्यक्षमा तुक प्रसाद पौडेल दोहोरिएका छन् भने सदस्यमा बलराम पराजुली र निशा कुम्पाख निर्वाचित भएका छन् ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यस बैंकले असोज २७ गते एक दिन बुक क्लोज गरेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको