पछिल्लो समय विजुली बत्तिको माग ह्वात्तै घटेको छ । पछिल्लो समय घर निर्माण हुने क्रम कम भएको र एक पटक किने पछि दुई तीन वर्षसम्म नै त्यसको प्रयोग गर्न मिल्ने कारणले बत्तिको माग घटेको हो ।
दुई चार वर्ष भन्दा पहिलेको तुलनामा अहिले विजुली बत्तिको व्यापार ५० प्रतिशतले घटेको नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले बताए । अहिले विजुलीको व्यापार गर्ने व्यवसायीहरुले ४० देखि ५० प्रतिशतको हाराहारी मात्रै व्यवसाय भइरहेको बताएको अध्यक्ष देवकोटाको भनाइ छ । ‘तिहारको बेला अन्य समयको भन्दा बढी विजुली बत्तिको कारोबार हुन्छ । तर हाम्रो व्यवसाय भने निरन्तर रुपमा घटीरहेको छ,’ उनले भने, ‘नयाँ घरहरु बन्ने क्रम कम भएको र तिहारको लागि किनिएको बत्ति पनि दुई चार वर्ष प्रयोग गर्न मिल्ने भएकाले व्यापार कम भइरहेको छ ।’
उनले यो पटकको तिहारमा विजुली बत्तिको मूल्य नबढेको पनि बताए । विदेकमा विजुली वत्तिको मूल्य घटेको भए पनि डलरको मूल्य बढेका कारणले अघिल्लो वर्षकै हाराहारीको मूल्यमा विजुली बत्ति किनबेच भइरहेको उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस