Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तको संस्थाप सेयर बिक्रीमा, मूल्य कति ?

अर्थ संसार

सोमबार, १० कार्तिक २०८२, ०७ : २५ मा प्रकाशित

जीवन विकास लघुवित्तको संस्थाप सेयर बिक्रीमा, मूल्य कति ?

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले सेयधनी भरत लाल बहरदारको नाममा रहेको १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले उक्त सेयर प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँका दरले बिक्रीमा राखेको हो । हाल उक्त सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन् ।

इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाएर मोरङ्गस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आशयपत्र पेश गर्नु पर्नेछ । आशयपत्र प्राप्त भएपछि खरीदकर्ता र बिक्रेताको आपसी समझदारी मार्फत् सेयर खरीद–बिक्री गरिने कम्पनीले जानकारी दिएको छ । 
 

68fecf0a57904.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको