Like us!
Follow us!
Connect us!
Watch us!

राजनीतिलाई रोक्न खोजे बितण्डा आउन सक्छ - योगेश भट्टराई

अर्थ संसार

सोमबार, १० कार्तिक २०८२, ११ : ३४ मा प्रकाशित

राजनीतिलाई रोक्न खोजे बितण्डा आउन सक्छ - योगेश भट्टराई

नेकपा (एमाले)का नेता योगेश भट्टराईले राजनीतिलाई रोक्ने प्रयास भए ठूलो संकट निम्तिन सक्ने चेतावनी दिएका छन्। छठ पर्वको अवसरमा भिडियो सन्देशमार्फत शुभकामना दिँदै उनले प्रकृतिलाई रोक्न खोज्दा आउने विध्वंशको उदाहरण दिँदै,राजनीतिलाई थुन्न खोज्दा पनि विनाशकारी परिणाम आउन सक्ने भन्दै यस्तो चेतावनी दिएका हुन् ।

फेसबुकमा सार्वजनिक भिडियोमा भट्टराईले भनेका छन् ,‘जसरी प्रकृतिलाई थुनेर, छेकेर विध्वंश आइरहेका छन्, त्यसरी राजनीतिलाई हामीले थुन्न थाल्यौं, छेक्न थाल्यौँ, यसको बाटो रोक्न थाल्यौँ भने राजनीतिमा पनि ठूलो बितण्डा आउन सक्दछ,’

पार्टी र समाजमा राजनीतिको प्रकृतिक बहावलाई नरोकेर सहज ढंगले अगाडि बढ्न दिनुपर्ने उनको भनाइ छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको