नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी ओलीको हारजित एकजना ओलीको मात्र नभई यो देशको हारजित भएको बताएका छन् । पार्टीका आन्तरिक विषयलाई धेरै ठूलो चर्चा परिचर्चा नगर्न उनको आग्रह थियो ।
स्थानीय तहदेखि संघसम्म कोही संसद, कोही पार्टीमा बसेर साथै केहीले जनसंगठनमा रहेर आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने भट्टराईको भनाइ थियो ।
भट्टराईले भने, ‘केपी ओलीको विजय वा पराजय यो देशको विजय वा पराजयसँग जोडिएको छ । नेपालीत्वसँग जोडिन्छ । नेपाली राष्ट्रियता र स्वाभिमानसँग जोडिन्छ । केपी ओलीको विजय भनेको यो देशको स्वाभिमानलाई माथि उठाउने कुरा हो । राष्ट्रियतालाई माथि उठाउने कुरा हो । हामी नेपाली हुँ भन्ने पहिचानलाई अझ माथि उठाउने विषय हो ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस