Like us!
Follow us!
Connect us!
Watch us!

टिकट खोसिँदा पनि हाँसेर हिँड्याछस् भनेर मलाई कोट्याउँछन् - योगेश भट्टराई

अर्थ संसार

सोमबार, १९ माघ २०८२, १२ : ५० मा प्रकाशित

टिकट खोसिँदा पनि हाँसेर हिँड्याछस् भनेर मलाई कोट्याउँछन् -   योगेश भट्टराई

एमालेका उपमहासचिव योगेश भट्टराईले फागुन २१ गते हुने निर्वाचनमा पार्टी एकताबद्ध भएर प्रतिस्पर्धा गर्ने बताएका छन्। पार्टीभित्र विमति बढाउने प्रयास नगर्न उनले चेतावनी दिएका छन्।

आज आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले आफूलाई अनावश्यक रूपमा विवादको केन्द्रमा ल्याउन खोजिएको उल्लेख गरे। तर, त्यसप्रकारको अपेक्षा आफूबाट नगर्न उनले स्पष्ट पारे।

भट्टराईले भने, ‘तेरो टिकट त खोसियो, त्यही पनि हाँसीहाँसी हिँड्याछस् भनेर मलाई कोट्याउँछन्, ओलीविरुद्ध केही बोल्छ कि भनेर खोज्दै हिँड्छन्,’ उनले भने, ‘पार्टीभित्रको संघर्षमा हामी प्रतिस्पर्धी हौँ । तर, अन्य दलहरुसँगको प्रतिस्पर्धामा एमाले एक छ ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको