Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचनमा उम्मेदवार बन्ने मन्त्रीहरुले राजीनामा दिनुपर्छ - योगेश भट्टराई

अर्थ संसार

शुक्रबार, १८ पुस २०८२, १६ : ०३ मा प्रकाशित

निर्वाचनमा उम्मेदवार बन्ने मन्त्रीहरुले राजीनामा दिनुपर्छ - योगेश भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले चुनावमा उम्मेदवार बन्न चाहने वर्तमान मन्त्रीहरूले तत्काल पद त्याग्नुपर्ने बताएका छन्। विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारमा बसेर उम्मेदवार बन्न नपाइने बताए । उनले यो सरकार निर्वाचन गराउने म्याण्डेट बोकेर बनेकाले सरकारमा बसेर उम्मेदवार हुन नपाइने बताए । उनले यस विषयमा प्रधानमन्त्री सुशीला कार्कीले क्याबिनेटमा यसअघि नै यसबारे कुरा उठाएको बताए ।

उनले भने, ‘जो मन्त्रीहरू निर्वाचनमा उठ्दै हुनुहुन्छ, उहाँहरूले मनोनयन दर्ता गर्नुअघि नै राजीनामा दिनुपर्छ। मन्त्री पदमा बसेर चुनाव लड्दा निर्वाचनको निष्पक्षता सुनिश्चित हुन सक्दैन।अध्यक्षले सबै पक्षलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउनुपर्छ। हिजोका दिनमा प्रतिस्पर्धीलाई कारबाही गर्ने इतिहास भए पनि अब त्यस्तो सम्भावना छैन। हामी आगामी निर्वाचनमा पार्टीलाई मजबुत बनाउन सामूहिक रूपमा लाग्नेछौँ।’

उनले आगामी फागुन २१ गते निर्वाचन हुने बताए । उनले निर्वाचनको मिति तय भइसकेकाले निर्वाचन कुनै पनि बहानामा रोकिन नहुने बताएका छन्। निर्वाचन प्रक्रिया अघि बढिसकेकाले तोकिएकै समयमा चुनाव गर्नुको विकल्प नरहेको भट्टराईले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको