Like us!
Follow us!
Connect us!
Watch us!

डा. चन्द्र भण्डारीको सामाजिक सन्देश : ‘जेन्जी आन्दोलनले चरित्र देखायो, धन्यवाद जेन्जी !’

अर्थ संसार

मंगलबार, ११ कार्तिक २०८२, ०८ : ४३ मा प्रकाशित

डा. चन्द्र भण्डारीको सामाजिक सन्देश : ‘जेन्जी आन्दोलनले चरित्र देखायो, धन्यवाद जेन्जी !’

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले सामाजिक सञ्जालमार्फत ‘जेन्जी आन्दोलन’सँग सम्बन्धित गहिरो सन्देश सार्वजनिक गरेका छन्। उनले आफ्नो लामो स्टाटसमार्फत भर्चुअल रियलिटी र वास्तविक जीवनबीचको ठूलो अन्तरबारे व्याख्या गर्दै, हालको जेन्जी आन्दोलनले मानिस होइन, “समाजको चरित्र” देखाएको टिप्पणी गरेका छन्।

भण्डारीले लेखेका छन् —

“जेन्जी आन्दोलनले मानिस होइन, चरित्र चिनायो। हामीले बुझ्यौं — हाम्रो समाजमा कस्ता व्यक्ति रहेछन्, नेपाली पहिचान बनाएका। धन्यवाद जेन्जी।”

 ‘भर्चुअल जीवन र वास्तविकता फरक हुन्छ’

उनले लेखेका छन् कि “भर्चुअल वर्ल्ड”मा देखिने जीवन र “रियल वर्ल्ड”मा बाँचिने जीवनबीच ठुलो अन्तर हुन्छ। स्क्रिनमा देखिने कुरा सधैं सत्य नहुने उनको तर्क छ।
उनका अनुसार —

“ज्ञान प्राप्तिको बाटो सजिलो हुन्छ, तर अनुभव प्राप्तिको बाटो कठिन। ज्ञान पुस्तकमा भेटिन्छ, तर सत्यता अनुभवमा। मानिस सबै खराब हुँदैनन् — परीक्षा र इमान्दारिताको कसौटीमा उत्रन नपाएका मात्र हुन्।”

‘अनुभव नै जीवनको प्रमाणपत्र’

डा. भण्डारीले अनुभव र ज्ञानबीचको सम्बन्धबारे पनि सन्देश दिएका छन्। उनले लेखेका छन् —

“ज्ञानको वास्तविकता अनुभवले प्रमाणित गर्दछ, अनुभव नै जीवनको प्रमाणपत्र हो।”

त्यस्तै उनले ‘सेतो कपालमा कालो नगर्नु गलत होइन’ भन्दै त्यसमा समयले सिकाएको अनुभव र जीवनले दिएको पाठ रहेको उल्लेख गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको