मंगलबार सेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ । अघिल्लो कारोबार दिन पनि बढेर कारोबार भएको बजार आज ६२.२९ अंकले बढेको हो ।
आज अघिल्लो दिनको भन्दा २.४८ प्रतिशतले बढेर बजार परिसूचक २५७१.३४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २३६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको सेयर मूल्य मात्रै घटेको छ । आज २ कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ११.९७ अंकले बढेर ४४८.९७ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने १ वटाको मात्रै घटेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो कारोबार दिन साढे २ अर्ब भन्दा बढीको कारोबार भएको बजारमा आज भने साढे ४ अर्ब माथिको कारोबार भएको छ । सेयर बजारमा ३१४ कम्पनीका ९२ लाख ४३ हजार ७२३ कित्ता सेयर ४७ हजार ९४ पटक खरिद बिक्री हुँदा ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार ४०५ रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस