Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न भोलि बस्दैछ एभरेष्ट बैंकको साधारणसभा

अर्थ संसार

मंगलबार, ११ कार्तिक २०८२, १४ : ४४ मा प्रकाशित

लाभांश पारित गर्न  भोलि बस्दैछ एभरेष्ट बैंकको साधारणसभा

एभरेष्ट बैंक लिमिटेडको ३१ औं वार्षिक साधारणसभा भोलि कात्तिक १२ गते भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल २० प्रतिशत लाभांश पारित गर्नेछ।

सभामा गत आवको वित्तीय विवरणहरू पारित गर्ने, चालु आवको लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने र आवश्यक परे बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने कार्य पनि हुनेछ। लाभांश वितरण र सभामा भाग लिनका लागि बैंकले असोज २४ गते एक दिन बुक क्लोज गरिसकेको छ। त्यसअनुसार असोज २३ गतेसम्म नेप्सेमा कायम सेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको