Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंककाे उर्जा ऋणपत्र भर्नुभयाे त ? आज अन्तिम अवसर

अर्थ संसार

सोमबार, ०९ माघ २०७९, १० : ५२ मा प्रकाशित

एभरेष्ट बैंककाे उर्जा ऋणपत्र भर्नुभयाे त ? आज अन्तिम अवसर

एभरेष्ट बैंक लिमिटेडले पाैष २५ गते, साेमबारबाट निष्कासन गरेकाे ऋणपत्रमा आवेदन दिने आज (माघ ९ गते, साेमबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले १० वर्ष अवधि भएकाे वार्षिक ७.५ प्रतिशत व्याज भएकाे "एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र, २०८९" नाममा ऋणपत्र निष्कासन गरेकाे हाे । बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा २ अर्ब रूपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये बैंकले सर्वसाधारणका लागि ८  लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता बिक्री गर्नेछ ।

कति दिने आवेदन ?

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

को हो बिक्री प्रबन्धक ?

बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरूले लक्ष्मी क्यापिटल, एभरेष्ट बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको