एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आवको तुलनामा ३२.८० प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैयाँ थियो।
गत आवमा बैंकको खुद ब्याज आम्दानी १९.३६ प्रतिशतले बढेर ९ अर्ब १२ करोड ९३ लाख ८८ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन नाफा ३१.६२ प्रतिशतले बढ्दै ७ अर्ब ४५ करोड ४२ लाख ३५ हजार रुपैयाँमा पुगेको छ।
असार मसान्तसम्म बैंकसँग ४ अर्ब ९५ करोड ४४ लाख ७० हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ। अघिल्लो आवमा सेयरधनीलाई लाभांश दिने क्षमता प्रति सेयर २८.०६ रुपैयाँ थियो, जुन अहिले बढेर ३८.२७ रुपैयाँ पुगेको छ।
बैंकको चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँ छ भने जगेडा कोषमा १३ अर्ब ८८ करोड ५९ लाख १७ हजार रुपैयाँ सञ्चित छ।
असार मसान्तसम्म बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५२ अर्ब ४६ लाख २५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको खराब कर्जा अनुपात अघिल्लो ०.७१ प्रतिशतबाट घटेर ०.३८ प्रतिशतमा झरेको छ। हाल बैंकको प्रति सेयर आम्दानी (EPS) ३७.९९ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ २४७.३९ रुपैयाँमा रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस