सोल्टी होटलले लाभांश घोषणा गरेको छ । यस कम्पनीको कात्तिक ११ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर सहित १६.५७ प्रतिशत नगद गरी जम्मा ३१.५७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्ताव पारित गर्न होटलले मंसिर २८ गते साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिर्सस क्लब सभामण्डप हल, टुँडिखेल, सुन्धारा काठमाण्डौमा बिहान १०ः०० बजे सुरु हुनेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर ५ गते बुक क्लोज गर्दैछ । तसर्थ, मंसिर ४ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न र साधारण सभामा सहभागिता जनाउन सक्नछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस