Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार ५.१७ अंकले घट्यो, कारोबार रकम ५ अर्ब माथि

अर्थ संसार

बुधबार, १२ कार्तिक २०८२, १४ : २९ मा प्रकाशित

सेयर बजार ५.१७ अंकले घट्यो, कारोबार रकम ५ अर्ब माथि

साताको सेयर कारोबार हुने चौथो दिन नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज भने ५.१७ अंकले घटेर २५६६.१६ विन्दुमा पुगेको हो । 

आज सेयर बजारमा १५९ कम्पनीको सेयर मूल्य घटेको छ भने ८५ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । आज ६ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५६ अंकले घटेर ४४७.४१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ । 

परिसूचक घटे पनि आज कारोबार रकममा भने वृद्धि भएको छ । अघिल्लो दिन साढे ४ अर्ब माथिको कारोबार भएको बजारमा आज भने ५ अर्ब माथिको कारोबार भएको छ । बुधबार नेप्सेमा ३२१ कम्पनीका १ करोड १५ लाख १ हजार २८४ कित्ता सेयर ५० हजार ४८७ पटक खरिद बिक्री हुँदा ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार ६८१ रुपैयाँको कारोबार भएको छ । 

बुधबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको