Like us!
Follow us!
Connect us!
Watch us!

उद्योगको विद्युत काटिए पछि रुपन्देहीका उद्योगी र मजदुर आन्दोलित

अर्थ संसार

बुधबार, १२ कार्तिक २०८२, १६ : ११ मा प्रकाशित

उद्योगको विद्युत काटिए पछि रुपन्देहीका उद्योगी र मजदुर आन्दोलित

नेपाल विद्युत प्राधिकरणले विद्युत कटौति गरे पछि भरहवाका उद्योगी र मजदुर आन्दोलित भएका छन् । उनीहरुले प्राधिकरणका विरुद्धमा शान्तिपूर्ण रुपमा धर्ना सहितका आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेका हुन् । 

बुटवल, तिलित्तोमा लगायत क्षेत्रका उद्योगीहरुले आन्दोलन गर्ने बताएका हुन् । रुपन्देहीका १३ वटा उद्योगको लाइन काटिएको र १३ वटै उद्योगका कर्मचारी सहित आन्दोलन गर्ने निर्णय गरेका हुन् । सबै उद्योगी व्यवसायीहरुको संयुक्त बैठकले पहिलो चरणमा बुद्ध चोकमा एक घण्टा धर्ना दिने निर्णय भएको उद्योग वाणिज्य संघ लुम्बिनीका अध्यक्ष नेत्र प्रसाद आचार्यले बताए । 

विद्युत कटौति गर्दा १५ हजार मजदुर वेरोजगार बन्नु पर्ने अवस्था आएको भन्दै कर्मचारीहरु पनि आन्दोलनमा जानु पर्ने अवस्था आएको बताइएको छ । बीमा सर्त प्राधिकरणले पुनः विद्युत जडान नगर्दासम्मका लागि विद्युत बक्यौता समेत नतिर्ने उद्योगीहरुको भनाइ छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको