Like us!
Follow us!
Connect us!
Watch us!

अन्तिम दिन ३४ अंकले बढेर बन्द भयो नेप्से, साढे ७ अर्ब माथिको कारोबार

अर्थ संसार

विहीबार, १३ कार्तिक २०८२, १५ : ०८ मा प्रकाशित

अन्तिम दिन ३४ अंकले बढेर बन्द भयो नेप्से, साढे ७ अर्ब माथिको कारोबार

साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक ३४.२२ अंकले बढेर बन्द भएको हो । 

आजको कारोबार बन्द हुँदा परिसूचक २६००.३८ विन्दुमा पुगेको हो । आज सेयर बजारमा २१६ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । 

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५.४० अंकले बढेर ४५२.८१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने एउटा परिसूचकको सेयर मूल्य घटेको छ । 

परिसूचक बढेको दिन कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ५ अर्ब ४५ करोड बढीको कारोबार भएको बजारमा आज साढे ७ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३१९ कम्पनीका २ करोड ६० लाख १० हजार ७१८ कित्ता सेयर ५३ हजार ११२ पटक खरिद बिक्री हुँदा ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४७३ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा दुई कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको