 
                            नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुँरास लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले गुराँस लघुवित्तको १४.२५ प्रतिशत बोन सेयर समायोजन गरेको हो । समायोजनपछि कम्पनीको सेयर मूल्य २ हजार २१ रुपैयाँ ८८ पैसा कायम भएको छ । अघिल्लो दिन यो कम्पनीको प्रतिकित्ता २ हजार ३१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । समायोजित मूल्यका आधारमा आगामी आइतबार दोस्रो बजारमा यो कम्पनीको सेयर कारोबार खुल्नेछ । गुराँस लघुवित्तले कात्तिक २३ गते, आइतबार, हिले कान्जिरोवा मकालु होटल, धनकुटामा १० औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ९ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
 
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस