 
                            हिमालयन बैंक लिमिटेडले १ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न पाँच जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको कुल १ लाख १९ हजार ९९७ कित्ता सेयर बिक्रीमा राखेको हो ।
जसमा ज्योतिकुमारी बेगानीको ७४ हजार ७५ कित्ता, सावित्री देवी अग्रवालको २६ हजार ४५४ कित्ता, सुरक्षा सिजापतिको ११ हजार १५६ कित्ता, मैया श्रेष्ठ बस्नेतको ५ हजार १४१ कित्ता र चिरञ्जीवि लाल अग्रवालको ३ हजार १७१ कित्ता सेयर रहेको छ ।
बैंकले यसअघि यी सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीहरूलाई खरीदका लागि प्रस्ताव गरेको थियो । तर तोकिएको म्यादसम्म संस्थापक सेयरधनीबाट आवेदन नपरेपछि अब भने सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको छ । सेयर किन्न इच्छुक सर्वसाधारण व्यक्ति वा संघसंस्थाले आगामी १५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस