 
                            अर्घाखाँची सिमेन्टका डाइरेक्टर राजेश कुमार अग्रवालले यहि अवस्था कायम रहेको खण्डमा व्यवसायीहरुले लगानी गर्न सक्ने अवस्था नरहेको बताएका छन् । नेपाल विद्युत प्राधिकरणले उद्योगको लाइन काटेपछि उनले लगातार रुपमा व्यवसायीको मनोबल गिराउने काम भइरहेको बताएका हुन् ।
अहिले उद्योगीहरुले सम्बन्धित निकायमा अनुरोध गरिरहेको र लामो समयदेखि यो विषयमा आवाज उठाउँदै आएको उनले बताए । यो सहित उद्योगको लाइन तेस्रो पटक काटिएको भन्दै यस्ता कार्यले लगानीको वातावरण विग्रने र समग्र आर्थिक अवस्थामा पर्ने उनको भनाइ छ । हितेन्द्र देवको शाक्यको पालामा प्राधिकरणमा पुनरावलोकन गर्नका लागि व्यवसायीहरुले बैंक ग्यारेन्टी राखेर निवेदन दिएको भए पनि अहिले त्यो खारेज भएको अवस्था समेत छ ।
उद्योगीहरुले प्रमाण दिएको खण्डमा जतिसकै भए पनि बिल भुक्तानी गर्ने उनको भनाइ छ । विना प्रमाणको कसरी भुक्तानी गर्ने । हामीहरुले नियमित रुपमा तिर्नु पर्ने बिल तिरेर प्राधिकरणबाट पाउनु पर्ने २ प्रतिशत छुट समेत पाइरहेका छौँ, यो प्रिमियम महशुलको मात्रै विवाद हो,’ उनले भने । खपतको प्रमाण नै नभएको अवस्थामा हचुवाको भरमा कसरी पैसा तिर्ने सकिन्छ र ? उनले प्रश्न गरे । अहिले सबैको मनोबल कमजोर भएको समयमा विजुली काट्ने कुरा उपयुक्त नभएको अग्रवालको भनाइ छ । अर्घाखाँची सिमेन्टलाई प्राधिकरणले ४५ करोड रुपैयाँ बक्यौता रहेको भन्दै भुक्तानी गर्न भन्दै पत्र पठाएको छ । जेनजी आन्दोलनले समग्र आर्थिक क्षेत्र कमजोर भएको अवस्थामा यो विषय अघि ल्याउने भन्दा पनि आर्थिक अवस्थालाई कसरी चलायमान बनाउने भन्ने तर्फ ध्यान दिनु पर्ने अवस्था रहेको अग्रवालको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस