Like us!
Follow us!
Connect us!
Watch us!

सिटि होटलको अवितरित हकप्रद सेयर लिलाम बिक्रिमा

अर्थ संसार

आइतबार, १६ कार्तिक २०८२, १० : ३० मा प्रकाशित

सिटि होटलको अवितरित हकप्रद सेयर लिलाम बिक्रिमा

सिटि होटल लिमिटेडले साउन २६ गतेसम्म कायम सेयरधनीहरूका लागि भदौ २३ देखि असोज २६ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरी बाँडफाँड गर्दा बाँकी रहेको अवितरित सेयर लिलाममा राखेको छ ।

होटलले संस्थापक समूहतर्फको १९ लाख ८९ हजार ९९९ कित्ता, सर्वसाधारण समूहतर्फको (लकइनमा नरहेको) १ लाख ५४ हजार ३१९ कित्ता र कर्मचारीतर्फको (लकइनमा रहेको) ६ हजार कित्ता गरी कुल २१ लाख ५० हजार ४१८ कित्ता अवितरित हकप्रद सेयर लिलाममा राखेको हो । लकइन अवधि आउँदो जेठ ४ गते समाप्त हुनेछ।

होटलले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँका दरले बिक्रीमा राखेको हो भने बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ । यस्तो बोलपत्र कात्तिक २३ गतेदेखि ३० गतेभित्र पेश गरिसक्नु पर्नेछ । बोलपत्र फाराम काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) का साथै प्रभु बैंकको विराटनगर, हेटौंडा, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयमा पाइनेछ ।

यसमा होटलका संस्थापक सेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था लगायत इच्छुक सबैले बोलपत्र पेश गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको