Like us!
Follow us!
Connect us!
Watch us!

तेह्रथुम पावरको नाफा २२ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

आइतबार, १६ कार्तिक २०८२, ११ : ०५ मा प्रकाशित

तेह्रथुम पावरको नाफा २२ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

तेह्रथुम पावर कम्पनी लिमिटेडको नाफामा उल्लेख्यनिय वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा २२.१९ प्रतिशतले नाफा बढेको हो । 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । विद्युत बिक्री आम्दानी सामान्य घटेपनि वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ०.५० प्रतिशत घटेर ८ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, कम्पनीको कुल नाफा ०.८२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १.१४ प्रतिशत घटेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ५४.५८ प्रतिशत घटेको छ जसका कारण खुद नाफा बढ्न पुगेको हो ।

नाफा बढेपनि कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १७ रुपैयाँ ९१ पैसा घटेर २८ रुपैयाँ १२ पैसामा सीमित भएको छ । खुद नाफाको तुलनामा चुक्ता पुँजी वृद्धिदर बढी भएका कारण प्रतिसेयर आम्दानी घट्न पुगेको हो । पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ ६१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९.९९ गुणा रहेको छ ।

८० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ३१ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको