Like us!
Follow us!
Connect us!
Watch us!

पिडित उद्योगीलाई थाहा नै नदिएर मध्यमार्गी प्रस्ताव ल्याइयो - सुमन बस्याल

अर्थ संसार

सोमबार, १७ कार्तिक २०८२, १६ : ४३ मा प्रकाशित

पिडित उद्योगीलाई थाहा नै नदिएर मध्यमार्गी प्रस्ताव ल्याइयो - सुमन बस्याल

डेडिकेटेड र ट्रंकलाइनको प्रिमियम शुल्कसम्बन्धी विवादमा मध्यमार्गी समाधानको रूपमा प्रस्तुत गरिएको प्रस्तावलाई उद्योगीहरूले अस्वीकार गरेका छन्। रुपन्देही एस आर फूड्का सञ्चालक सुमन बस्यालले यो प्रस्ताव पिडित उद्योगीसँग छलफल नै नगरी गरिएको र आफुहरुलाई यसबारे जानकारी नभएको बताएका छन् । 

उनले भने, 'कुलमान जीकै प्रस्तावलाई अघि बढाएर सहमति भयो भन्ने कुरा समाचारबाट नै थाहा पायौं । हामीलाई, वास्तविक पिडित उद्योगीलाई यसबारे  केही पनि थाहा छैन् । का कसले कोसँग छलफल गरेर यो सहमती भयो भन्ने थाहा छैन् । ' 

बैठकमा उपस्थित भएका महासंघका प्रतिनिधि वास्तविक पिडित नै नभएको उनको भनाई छ  । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको