Like us!
Follow us!
Connect us!
Watch us!

४ वर्षे विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

अर्थ संसार

मंगलबार, १८ कार्तिक २०८२, १० : ३९ मा प्रकाशित

४ वर्षे विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

सरकारले आन्तरिक ऋण व्यवस्थापनको उद्देश्यसहित १० अर्ब रुपैयाँ ऋण उठाउने तयारी गरेको छ । यसका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘विकास ऋणपत्र–२०८६’ जारी गर्ने भएको हो ।

कार्यालयका अनुसार ४ वर्ष अवधि रहने सो ऋणपत्र कात्तिक १९ गते बोलकबोल (अक्सन) मार्फत बिक्री हुनेछ भने कात्तिक २० गते निष्काशन प्रक्रिया सम्पन्न गरिनेछ । यस ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनीहरू तथा नेपाली नागरिकहरूले समेत सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ । इच्छुकलगायत सबैको बोलकबोल पेस गर्न सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आग्रह गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको