Like us!
Follow us!
Connect us!
Watch us!

करिब ७५ खर्ब नजिक बैंकिङ क्षेत्रको निक्षेप, कर्जा प्रवाह कति ?

अर्थ संसार

मंगलबार, १८ कार्तिक २०८२, १२ : ३२ मा प्रकाशित

करिब ७५ खर्ब नजिक बैंकिङ क्षेत्रको निक्षेप, कर्जा प्रवाह कति ?

बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप करिब ७५ खर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थाको निक्षेप ७४ खर्ब ७७ अर्ब पुगेको हो । 

राष्ट्र बैंकका अनुसार वणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको कुल निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी राष्ट्र बैंकको प्रतिवेदनअनुसार यही कात्तिक महिनाको १२ गतेसम्मको अवधिमा उक्त निक्षेप संकलन भएको छ । यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमध्ये वाणिज्य बैंकमा ६७ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थामा ७ खर्ब ५८ अर्ब रुपैयाँ रहेको छ ।  

यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले कुल ५६ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले मात्रै यो अवधिमा ५० खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरुले ६ खर्ब २३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । 
पछिल्लो अवधिमा बैंकिङ क्षेत्रमा कायम रहेको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) भने ७४.५० प्रतिशत रहेको छ । यो सीडी रेसियोलाई आधार मान्दा बैंकिङ क्षेत्र अहिले पनि ७ खर्ब रुपैयाँभन्दा बढी रकम कर्जा दिन सक्ने अवस्थामा रहेको छ ।

तर बजारमा नयाँ कर्जाको माग नहुँदा बैंकिङ क्षेत्र अहिले अधिक तरलताको समस्याबाट पिरोलिँदै आएका छन् । यसलाई नियन्त्रणमा राख्नको लागि राष्ट्र विभिन्न किसिमका अल्पकालीन तथा दीर्घकालीन प्रकृतिका मौद्रिक उपकरण जारी गर्दै आएको छ । बैंकिङ क्षेत्रमा अहिले अधिक तरलता रहेका कारण बैंक तथा वित्तीय संस्थाहरुबीच एक आपसमा अल्पकालीन अवधिका लागि हुने अन्तर बैंक कारोबारको ब्याजदर घटेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आवको यही कात्तिकको पहिलो सातासम्म बैंकिङ क्षेत्रमा अन्तरबैंक कारोबारको ब्याजदर २.७५ प्रतिशत मात्र रहेको छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा अधिक तरलता बढ्दै जाँदा केन्द्रीय बैंकले लगातार रुपमा बजारबाट रकम प्रशोचन गरिरहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको