Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार राताम्य, कारोबार रकम पनि ५ अर्बमा खुम्चियो

अर्थ संसार

मंगलबार, १८ कार्तिक २०८२, १३ : ४६ मा प्रकाशित

सेयर बजार राताम्य, कारोबार रकम पनि ५ अर्बमा खुम्चियो

साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन पनि घटेको बजार आज २७.६४ अंकले घटेर बन्द भएको हो । 

आजको कारोबार बन्द हुँदा परिसूचक १.०५ प्रतिशतले घटेर २५९५.२४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २१३ कम्पनीको सेयर मूल्य घटेको छ भने ३३ कम्पनीको मात्रै बढेको छ । ३ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.९३ अंकले घटेर ४५२.४६ विन्दुमा पुगेको छ । त्यस्तै आज १३ वटै उपसूचकको सेयर मूल्य घटेको छ । 

परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ६ अर्ब माथिको कारोबार भएको बजारमा आज ५ अर्ब भन्दा बढीको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३२२ कम्पनीका १ करोड ३ लाख ४३ हजार ८९८ कित्ता सेयर ४६ हजार ८७५ पटक खरिद बिक्री हुँदा ५ अर्ब १५ करोड ७ लाख ६८ हजार ९३८ रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज सेयर बजारमा एउटा कम्पनीमा समारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ भने एउटा कम्पनीमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको