Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकले बोलायो साधारणसभा, लाभांश पारित गर्ने सहितका यस्ता छन् एजेण्डा

अर्थ संसार

बुधबार, १९ कार्तिक २०८२, ०७ : ५० मा प्रकाशित

सिटिजन्स बैंकले बोलायो साधारणसभा, लाभांश पारित गर्ने सहितका यस्ता छन् एजेण्डा

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो मंसिर १२ गते १९ औं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको हो । 

सभा काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा बिहान ११ बजेदेखि बस्नेछ । उक्त साधारणसभाले सेयरधनीलाई वितरण गर्ने भनी घोषणा गरिसकेको चुक्ता पुँजीको ५ प्रतिशत (७३ करोड ८४ लाख ५० हजार रुपैयाँ) बोनस सेयर र ०.२६३ प्रतिशत (३ करोड ८८ लाख ६५ हजार रुपैयाँ) नगद लाभांश (कर समेत) पारित गर्नेछ ।

यसका साथै गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, समूह ‘क’ का संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने १ जना र समूह ‘ख’ का सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । त्यसैगरी बैंकको प्रबन्धपत्रमा संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यस बैंकले कात्तिक १७ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा कात्तिक १६ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्रै साधारणसभामा भाग लिन र सभाले पारित गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको