नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी सीईओका लागि दरखास्त खुलाएको हो ।
यसका लागि तोकिएको योग्यता पूरा भएको इच्छुक नेपाली नागरिकले आवश्यक पर्ने कागजात सहित आगामी ३५ दिनभत्रि निवेदन दिनु पर्नेछ । पारिश्रमिक आपसी समझदारीबाट तय गरिने कम्पनीले जानकारी दिएको छ । तोकिएको शैक्षिक योग्यता भएको र ५ वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् । आवेदन फाराम कम्पनीको केन्द्रीय कार्यालयमा वा इमेल ठेगाना मार्फत दिन सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस