मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले यही कात्तिक २३ गते बुक क्लोज गर्ने भएकाले आज कात्तिक २० गते यस बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
बैंकले आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्नका लागि आउँदो मंसिर ६ गते धरानस्थित सुनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजेदेखि २०औं वार्षिक साधारणसभा बस्दैछ ।
त्यसैगरी उक्त साधारणसभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक काम गर्न र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना सञ्चालक निर्वाचन गर्ने र गत आवमा संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस