कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा बढेको छ । लघुवित्तले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासिकसम्मको अवधिमा २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
कम्पनीले गत आवको यसै अवधिसम्म कमाएको खुद नाफा १ करोड ७० लाख रुपैयाँ रहेको थियो । कम्पनीले गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १९.६३ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ । त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी ८ करोड २८ लाख रुपैयाँबाट ३१.३२ प्रतिशतले बढेर १० करोड ८७ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ९ करोड ७२ लाख रुपैयाँबाट बढेर १२ करोड १९ लाख रुपैयाँ पुगेको छ ।
यता कम्पनीको सञ्चालन नाफा २ करोड ४२ लाख रुपैयाँबाट बढेर २ करोड ९० लाख रुपैयाँ पुगेसँगै वितरणयोग्य नाफा ५२ लाख रुपैयाँबाट ८४ प्रतिशतले बढेर ९६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १८.२७ रुपैयाँबाट बढेर १९.९६ रुपैयाँ पुगेको छ भने खराब कर्जा ४.२४ प्रतिशतबाट बढेर ६.४० प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९१.५१ रुपैयाँ रहेको छ । चुक्ता पुँजी ४० करोड ७६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३७ करोड रुपैयाँ सञ्चिति रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस