Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी सनराइज बैंकको वितरणयोग्य मुनाफा साढे २ अर्बभन्दा बढी, कति कमायो नाफा ?

अर्थ संसार

शुक्रबार, २१ कार्तिक २०८२, ०८ : २८ मा प्रकाशित

लक्ष्मी सनराइज बैंकको वितरणयोग्य मुनाफा साढे २ अर्बभन्दा बढी, कति कमायो नाफा ?

लक्ष्मी सनराइज बैंक लिमिटेडको वितरणयोग्य नाफा साढे २ अर्ब भन्दा बढी पुगेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य मुनाफा २ अर्ब ६३ करोड रुपैयाँ पुगेको हो ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी १० रुपैयाँ ७८ पैसा रहेको छ । बैंकको नाफामा भने चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गिरावट आएको छ । गत आवको सुरुको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ३८.०४ प्रतिशतले बैंकको नाफा घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३३ करोड २३ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९.८९ प्रतिशत घटेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ५.७२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २०.३७ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ३८ करोड ७७ लाख रुपैयाँबाट बढेर ५४ करोड ११ लाख रुपैयाँ पुगेको छ । जसका कारण सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ २४ पैसा घटेर १२ रुपैयाँ ७६ पैसामा सीमति भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.१३ गुणा रहेको छ । ७ अर्ब ४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ९३ करोड रुपैयाँ सञ्चित छ। बैंकले असोज मसान्तसम्ममा १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९६ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको