Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको नाफा ४१ करोड माथि, अन्य सूचक कस्ता ?

अर्थ संसार

शुक्रबार, २१ कार्तिक २०८२, ०८ : ४१ मा प्रकाशित

माछापुच्छ्रे बैंकको नाफा ४१ करोड माथि, अन्य सूचक कस्ता ?

माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले ४१ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९५ प्रतिशत कम हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ३२ रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.६० प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २३.७० प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ६.२७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४०.१५ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज बढेर ४६ करोड ८ लाख रुपैयाँ पुगेसँगै खुद नाफा र सञ्चालन मुनाफा घट्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ११ करोड ४२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ८३ पैसा घटेर १३ रुपैयाँ ८३ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ६० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.१४ गुणा रहेको छ। १२ अर्ब ८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ। बैंकले असोज मसान्तसम्ममा १ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको