Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको नाफा ५७ लाख रुपैयाँ, ईपीएस सहित अन्य सूचक कस्ता ?

अर्थ संसार

शुक्रबार, २१ कार्तिक २०८२, ११ : १० मा प्रकाशित

कृषि विकास बैंकको नाफा ५७ लाख रुपैयाँ, ईपीएस सहित अन्य सूचक कस्ता ?

सरकारी स्वामित्वको कृषि विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तीन महीनामा ५७ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणले देखाएको छ । बैंकले गत आवको तीन महीनामा १९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएकोमा यस वर्ष भने नाफामा उल्लेख्य गिरावट आएको हो ।

नाफा प्रभावित भएसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ३.१६ रुपैयाँबाट घटेर ०.१७ रुपैयाँ कायम भएको छ । यता बैंकको खुद ब्याज आम्दानी भने १ अर्ब ५४ करोड ४० लाख रुपैयाँबाट बढेर २ अर्ब ४२ करोड ४३ लाख रुपैयाँ कायम भएको छ । ब्याज आम्दानी बढे पनि बैंकको सञ्चालन नाफा ६ करोड ३२ लाख रुपैयाँ ऋणात्मक रहेको छ जुन गत वर्ष २९ करोड ८१ लाख रुपैयाँ धनात्मक थियो ।

यद्यपि बैंकको कुल सञ्चालन नाफा भने २ अर्ब ४७ करोड ९५ लाख रुपैयाँबाट बढेर २ अर्ब ६२ करोड ३२ लाख रुपैयाँ पुगेका छ। खराब कर्जा ४.७८ प्रतिशतमै स्थिर रहेको बैंकको प्रतिसेयर नेटवर्थ २३९.५२ रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी १९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ र रिजर्भ कोषमा १६ अर्ब ८४ करोड ६६ लाख रुपैयाँ सञ्चिति रहेको छ । बैंकले २ खर्ब १२ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३ खर्ब ९ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको