प्राइम कमर्सियल बैंक लिमिटेडले आज सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा २.२० प्रतिशतले घटेको छ । बैंकले गत आवको असोज मसान्तसम्म १ अर्ब २८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएकोमा यस वर्षको सोही अवधिमा सामान्य घटेर १ अर्ब २५ करोड ८४ लाख रुपैयाँमा झरेको हो ।
यता बैंकको सञ्चालन नाफा भने १ अर्ब ८२ करोड ८३ लाख रुपैयाँबाट १३.५४ प्रतिशतले बढेर २ अर्ब ७ करोड ५८ लाख रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी २ अर्ब ३३ करोड १८ लाख रुपैयाँबाट सामान्य बढेर २ अर्ब ४० करोड ७४ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा (एनपीएल) ४.८६ प्रतिशतबाट बढेर ५.८६ प्रतिशत कायम भएको छ भने प्रतिसेयर आम्दानी (ईपीएस) २६.५३ रुपैयाँबाट घटेर २५.९४ रुपैयाँमा झरेको छ । चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ४ करोड ४६ लाख रुपैयाँ र रिजर्भ कोषमा १२ अर्ब ३४ करोड ५७ लाख रुपैयाँ सञ्चिति रहेको छ । बैंकले २ खर्ब १४ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेर २ खर्ब ६१ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस