Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको नाफा १ अर्ब १७ करोड, ईपीएस कति ?

अर्थ संसार

शुक्रबार, २१ कार्तिक २०८२, ११ : १६ मा प्रकाशित

एभरेष्ट बैंकको नाफा १ अर्ब १७ करोड, ईपीएस कति ?

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एभरेष्ट बैंकले १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको तथ्याङक अनुसार नाफा ४.५६ प्रतिशतले वृृद्धि भएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी दुई अर्ब ४० करोड ३८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले दुई अर्ब १३ करोड ९० लाख रुपैयाँको ब्याज आम्दानी गरेको थियो । १२ अर्ब ९४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । एभरेष्ट बैंकको सञ्चालन मुनाफा ४.५८ प्रतिशतले वृृद्धि भएर एक अर्ब ६८ करोड ५५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ६१ करोड १६ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो । एभरेष्ट बैंकको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ४४ पैसा रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको