नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नफा ९६.९२ प्रतिशत घटेको हो ।
यो अवधिमा बैंकले ४ करोड ५० लाख ५० हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा बैंकको नाफा १ अर्ब ४६ करोड ४० लाख ७५ हजार रुपैयाँ रहेको थियो । असोज मसान्तसम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब २४ करोड ३१ लाख २५ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १६.३४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ३ अर्ब ८७ करोड ६७ लाख रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा २ अर्ब ९ करोड ४१ लाख रुपैयाँ सञ्चालन मुनाफा रहेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा घटेर १५ करोड २ लाख रुपैयाँमा सीमित भएको हो । समिक्षा अवधिमा बैंकको चुक्तापुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब १६ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।
यता, बैंकको वितरणयोग्य मुनाफा समेत १ अर्ब १६ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । खराब कर्जा समेत ५.८२ प्रतिशतबाट बढेर ६.६३ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानीमा समेत भारी गिरावट देखिएको छ । १७.१६ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी ०.५३ रुपैयाँमा खुम्चिएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँमा पुगेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस