नेपाल राष्ट्र बैंकले १ हजार दरको नयाँ नोट छाप्नको लागि ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ।
केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै चीनको बैंकनोट प्रिन्टिङ एन्ड मिंटिङ कर्पोरेसनलाई १ हजार दरको नयाँ नोट छाप्ने ठेक्का दिएको जानकारी गराएको हो। यो ठेक्काको मूल्य १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलर रहेको छ।
नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर इच्छुक कम्पनीलाई १ हजार दरको नयाँ नोट छाप्ने प्रस्ताव दिन आह्वान गरेको थियो। अब यो चिनियाँ कम्पनीले ४३ करोड थान १ हजार दरका नयाँ नोट छाप्नेछ। कम्पनीले नोटको डिजाइन, छपाइ र आपूर्ति सबै कार्य गर्नुपर्नेछ। यसअघि यसै चिनियाँ कम्पनीले राष्ट्र बैंकसँग ५० दरको नयाँ नोट छाप्ने ठेक्का पनि पाएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस