Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार राताम्य, कारोबार ४ अर्ब ९० करोडमा सिमित

अर्थ संसार

आइतबार, २३ कार्तिक २०८२, १५ : १६ मा प्रकाशित

सेयर बजार राताम्य, कारोबार ४ अर्ब ९० करोडमा सिमित

साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक उच्च अंकले घटेर कारोबार बन्द भएको छ । आइतबारको सेयर बजार बन्द हुँदा परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा पुगेको हो । 

आज सेयर बजारमा २२२ कम्पनीको सेयर मूल्य घटेको छ भने २८ कम्पनीको सेयर मूल्य बढेको छ । आज एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सन्सेटिभ इन्डेक्स पनि ५.९० अंकले घटेर ४४५.६२ विन्दुमा पुगेको हो । आज सबै १३ वटै उपसूचकको सेयर मूल्य घटेको छ । 

परिसूचक उच्च अंकले घटेको दिन सेयर बजारमा ४ अर्ब ९० करोड माथिको कारोबार भएको छ । आइतबार ३२३ कम्पनीका १ करोड ६ लाख १९ हजार १८० कित्ता सेयर ४७ हजार २६८ पटक खरिद बिक्री हुँदा ४ अर्ब ९० करोड ७६ लाख २४ हजार ३२८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एउटा कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको