नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज स्वस्तिक लघुवित्तको सेयर सूचिकृत भएको छ । आज कम्पनीको ५ लाख ७७ हजार ५ सय कित्ता सेयर सूचीकृत भएको हो ।
सेयर सूचीकृत भएसंगै मंगलबारबाट नेप्सेमा कम्पनीको सेयर कारोबार सुरु हुनेछ । मंगलबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १७१.७८ रुपैयाँदेखि ५१५.३४ रुपैयाँसम्मको रेन्ज तोकेको छ । यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ ।
कम्पनीले साउन ३० गतेदेखि भदौ ३ गते सम्म आम सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १ लाख ९५ हजार १ सय ९५ कित्ता सेयर निष्काशन गरेको थियो । जुन आईपीओ भदौ १२ गते बाँडफाँड भएको थियो । जसमा १९ हजार ५ सय १९ जनाले सेयर पाएका थिए । यी मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस