अर्थमन्त्री रामेश्वर खनालले शपथ ग्रहणको लागि साइत हेर्ने परम्परा आफूलाई मन नपरेको टिप्पणी गरेका छन् । भावी प्रधानमन्त्री बालेन शाहले १३ गते १२ बजेर ३४ मिनेटमा शपथ लिने समाचार आएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्, ‘यो साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन ! हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन ! तर, इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो त !’
बालेन शाहको सचिवालयले बालेनले शपथ साइतमै लिने राष्ट्रपति कार्यालयलाई जानकारी गराएको छ । यसक्रममा १०८ जना बटुकले स्वस्तिवाचन गर्नेछन्, १०७ जना बौद्ध लामा गुरुले मंगलवाचन गर्नेछन्, र ७ जना ब्राह्मणले शंखनाद गरेर शपथग्रहण समारोहलाई सनातन धर्मअनुसार शुभ र वातावरणपूर्ण बनाउने तयारी छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस