अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्र नयाँ सरकार गठन हुन सक्ने बताएका छन्। नेपाल नागरिक लगानी कोषको वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार निर्वाचन आयोगले विहीबार समानुपातिक तर्फका सांसदहरूलाई प्रमाणपत्र वितरण गरेपछि संविधानअनुसार नयाँ सरकार गठनको प्रक्रिया तीव्र गतिमा अघि बढ्नेछ। साथै, उनले आफूले अब विश्राम लिने समय आएको पनि उल्लेख गरे।
अर्थमन्त्री खनालले स्पष्ट बहुमतसहित गठन हुने सरकारले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीहरूको सामना गर्दै समग्र आर्थिक सूचकहरूले देखाएको संकेतअनुसार प्रभावकारी रूपमा काम गर्न सकोस् भन्ने अपेक्षा व्यक्त गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस