मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
प्रकाशित विवरणअनुसार कम्पनीको आम्दानी बढेसँगै नाफामा उल्लेखनीय सुधार देखिएको छ। कम्पनीले समीक्षा अवधिमा १ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४०.१५ प्रतिशतले बढी हो।
गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ४४ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको थियो। यसपालि विद्युत बिक्री आम्दानी वृद्धि भएपछि कम्पनीको मुनाफा उल्लेख्य रूपमा उकालो लागेको हो।
विवरणअनुसार कम्पनीले चालु त्रैमासमा विद्युत बिक्रीबाट ४ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आवको सोही अवधिमा ३ करोड ७२ लाख रुपैयाँ मात्र थियो। साथै, कम्पनीले अन्य स्रोतबाट १४ लाख ५७ हजार रुपैयाँको आम्दानी समेत गरेको छ।
खर्चतर्फ हेर्दा कम्पनीको कर्मचारी खर्च १४ लाख १९ हजार रुपैयाँ, प्रशासनिक खर्च २५ लाख १६ हजार रुपैयाँ र वित्त खर्च १ करोड ३८ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख गरिएको छ।
कम्पनीको रिटेन्ड अर्निङ भने अझै ऋणात्मक अवस्थामा रहँदै २७ करोड ३ लाख रुपैयाँ नोक्सान देखिएको छ। चालु सम्पत्ति ६ करोड ५८ लाख रुपैयाँ र चालु दायित्व ६ करोड ७९ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (EPS) २ रुपैयाँ ४४ पैसा, प्रतिसेयर नेटवर्थ ६६ रुपैयाँ २१ पैसा र मूल्य आम्दानी अनुपात (P/E Ratio) १५६.९३ गुणा रहेको छ। त्यस्तै, कम्पनीको तरलता अनुपात ०.९७ प्रतिशत कायम भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस