Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै,६ महिनाका लागी ५० अर्ब तान्दै राष्ट्र बैंक

अर्थ संसार

बुधबार, २६ कार्तिक २०८२, ११ : ०७ मा प्रकाशित

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै,६ महिनाका लागी ५० अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अत्यधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले आज बुधवार ५० अर्ब रुपैयाँसम्म निक्षेप तान्ने भएको छ। बैंकले निक्षेप संकलन उपकरण अन्तर्गत बोलकबोल प्रणालीमार्फत निक्षेप तान्ने भएको हो।यसका लागी आज अर्थात् कात्तिक २६ गते मध्यान्ह २ बजेसम्म अनलाइन मार्फत मात्र बोलकबोल हुनेछ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो १७५ दिने निक्षेप संकलन उपकरणको आउँदो वर्ष २०८३ वैशाख २३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको